• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

दुईवर्षे कार्ययोजना सहित सकियो चितवन उद्योग संघको कार्ययोजना तर्जुमा गोष्ठी 

2023-12-14
दुईवर्षे कार्ययोजना सहित सकियो चितवन उद्योग संघको कार्ययोजना तर्जुमा गोष्ठी

दुईवर्षे कार्ययोजना सहित सकियो चितवन उद्योग संघको कार्ययोजना तर्जुमा गोष्ठी 
भरतपुर, २३ मंसिर
३२ औं बार्षिक साधारणसभा एवं १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो दुईवर्षे कार्यकालका लागि विशेष कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
कार्ययोजना तर्जुमा गोष्ठीमा संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य सहित १७ औं कार्यसमितिको भिजन र मिसन प्रस्तुत गर्नुभएको थियो भने संघका गभर्निङ काउन्सिलका कार्यवाहक अध्यक्ष भेषराज दुवाडीले पानसमा दियो बालेर उद्घाटन गर्नु भएको थियो ।
अध्यक्ष न्यौपानेले कार्यसमितिमा मनोनित गर्न बाँकी २ जना सदस्यहरु शेषमणी भट्टराई र प्रकाश पौडललाई मनोनित गरि पूर्णता दिनु भएको थियो र अध्यक्षले प्रस्तुत गर्नुभएको भिजन र मिसन अनुरुप संघको विभागको तर्फबाट विभागिय प्रमुखहरुले, पालिका समितिहरु, महिला उद्यमी मञ्चका अध्यक्ष तथा युवा उद्यमी मञ्चको तर्फबाटे आ–आफ्नो दुईवर्षे कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्ययोजना गोष्ठीमा विभागिय प्रमुखहरु उपाध्यक्ष मदन घिमिरेले संगठन तथा सदस्य समन्वय विभागसम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी र भेषराज दुवाडीले गर्नुभएको थियो ।
त्यस्तै, उपाध्यक्ष गजेन्द्र अधिकारीले आर्थिक योजना तथा निर्माण विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी र राजु पौडेलले गर्नुभएको थियो ।
त्यसैगरी, उपाध्यक्ष तारा बहादुर कार्कीले संस्थागत सम्बन्ध तथा भ्रमण विभागको प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षकमा संघका पूर्व अध्यक्ष भेषराज दुवाडी रहनु भएको थियो ।
त्यसैगरी उपाध्यक्ष गोपाल प्रसाद गैरेले नीति निर्माण समन्वय तथा अनुसन्धान विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षकमा संघका पूर्व अध्यक्षहरु राजु पौडेल, भेषराज दुवाडी, वागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल तथा उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रिनाथ शर्मा रहनु भएको थियो ।
त्यस्तै, उपाध्यक्ष दिनुप कुमार बरालले प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी र राजु पौडेलले गर्नुभएको थियो ।
त्यस्तै, उपाध्यक्ष प्रमेश्वर भण्डारीले सचिवालय विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघमा निवर्तमान अध्यक्ष त्रिलोचन कंडेल र पूर्वअध्यक्ष भीम वहादुर पाण्डेले गर्नुभएको थियो ।

कार्ययोजना तर्जुृमा गोष्ठीमा महिला उद्यमी मञ्चको अध्यक्ष सृजना सोतीले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो भने युवा उद्यमी मञ्चको निर्देशक भरत दवाडीले प्रस्तुती गर्नुभएको थियो । उक्त सेसनको समिक्षा पूर्व अध्यक्ष भेषराज दुवाडीले गर्नु भएको थियो ।
त्यसैगरी पालिका समितिहरु रत्ननगर समिति, खैरहनी समिति, कालिका समिति, राप्ती समिति, माडी समिति तथा इच्छाकामना समितिका अध्यक्षहरु क्रमश उमाकान्त पौडेल, युवराज पाठक, अन्तोष बम्जन, खिल प्रसाद घिमिरे, रमेश नेपाली र रामहरी कंडेलले प्रस्तुती दिनु भएको थियो भने प्रमुख समिक्षकमा पूर्व अध्यक्ष भेषराज दुवाडी र सहजकर्ताको रुपमा संघका उपाध्यक्ष मदन घिमिरे रहनु भएको थियो ।
उपाध्यक्षहरु, महिला÷युवा उद्यमी मञ्च र पालिका समितिबाट प्रस्तुत योजनाहरुका विषयमा सहभागी उद्योगीहरुबाट जिज्ञासाहरु समेत आएका थिए । आएका जिज्ञासाहरुलाई सम्बन्धित सेसनका विभागिय प्रमुखहरु र सम्बन्धित विभागका संयोजकहरुले प्रष्ट्याउनु भएको थियो भने टिप्पणीकारहरुले टिप्पणी उल्लेख गर्नु भएको थियो ।
संघका उपाध्यक्ष एवम् आर्थिक योजना तथा निर्माण विभागका प्रमुख गजेन्द्र अधिकारी कार्यक्रम संयोजक रहनु भएको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सहजीकरण गर्नुभएको थियो ।
पहिलो दिनको परिचयात्मक तथा फेलोसिप कार्यक्रम सघंका अध्यक्ष सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा नै सम्पन्न भएको छ । कार्यक्रममा इच्छाकामना गाँउपालिकाका उपाध्यक्ष श्री माया सिलवाल, राप्ती नगरपालिका उपप्रमुख श्री देवेन्द्र लामा, कालीका नगरपालिका प्रमुख श्री विनोद रेग्मी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष श्री लेखराज पोखरेल, रत्ननगर नगरपालिका प्रमुख श्री प्रल्लाद सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना व्यक्त गर्दै, कार्यक्रम सफलताको शुभ भाव व्यक्त गर्नु भयो ।

भरतपुर महानगरपालिका उपप्रमुख श्री चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष श्री लेखराज पोखरेल विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । अतिथिको रुपमा रत्ननगर नगरपालिका श्री प्रमुख प्रल्लाद सापकोटा, कालीका नगरपालिका प्रमुख श्री विनोद रेग्मी, राप्ती नगरपालिका उपप्रमुख श्री देवेन्द्र लामा, इच्छाकामना गाउँपालिका उपाध्यक्ष श्री माया सिलवाल, भरतपुर महानगरपालिका कार्यालयका आर्थिक विकास महाशाखा प्रमुख श्री तेजेन्द्र पौडेल, राप्ती नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री निलम कुमार न्यौपाने, माडी नगरपालिका कार्यालयका प्रमुख, प्रशासकीय अधिकृत श्री शेषकान्त पौडेल, कालीका नगरपालिका कार्यालयका नि. प्रमुख प्रशासकीय अधिकृत श्री ऋषि प्रसाद कटुवाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एस.पी) श्री रामेश्वर कार्की, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री निरन भट्टराई तथा कर अधिकृतहरु, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख श्री धिरेन्द्र प्रसाद पोखरेल तथा अन्य अधिकृतहरु, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु श्री राजु पौडेल, श्री भेषराज दुवाडी, श्री भीमबहादुर पाण्डे, श्री हरिप्रसाद सुवेदी, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च तथा युवा उद्यमी मञ्चका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, पालिका समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा संघका गभर्निङ काउन्सिलका कार्यवाहाक अध्यक्ष भेषराज दुवाडी तथा पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कंडेलले धन्यवाद सहित योजनको प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिनु भयो । कार्यक्रमलाई संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।