• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

चितवन उद्योग संघले मनायो ३५ औं स्थापना दिवस

2024-06-19
चितवन उद्योग संघले मनायो ३५ औं स्थापना दिवस

चितवन उद्योग संघले मनायो ३५ औं स्थापना दिवस
भरतपुर/चितवन उद्योग संघले विविध कार्यक्रम गरी ३५ औं स्थापना दिवस मनाएको छ ।
चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्ष राजु पौडेलले शुभकामना मन्तव्य सहित उद्यमी उत्प्रेरणामूलक मन्तव्य, पूर्व अध्यक्ष भेषराज दुवाडीले शुभकामना मन्तव्य सहित संस्थागत सम्बन्ध र संघको ओजपूर्ण प्रतिनिधित्वका लागि गर्नुपर्ने भूमिकाको विषयमा मन्तव्य, पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले संघको विकासक्रमको ऐतिहासिक पृष्ठभूमी, पूर्व अध्यक्षहरु सोमराज महरट्टा, तारा प्रसाद पौडेल, गुणाकर खरेल, संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकारले संघको ३४ औं वर्ष पार गरी ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सहित आ–आफ्नो कार्यकालमा भएका महत्वपूर्ण विषय, संघ सञ्चालनका क्रममा आईपरेका समस्या र त्यसका समाधानका लागि चालिएका कदमहरुका विषयमा जानकारी गराउनु भएको थियो । 
त्यस्तै ३५ औं संघ दिवसको अवसरमा युवा उद्यमी मञ्चका निर्देशक भरत दवाडी, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, माडी समितिका सचिव जीताराम महतो, इच्छाकामना समितिका उपाध्यक्ष गोविन्द जमरकट्टेल, चितवन मसाल उत्पादक संघका पूर्व अध्यक्ष विक्रम सापकोटा, बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइराला, पूर्व कार्यसमिति क्लवका अध्यक्ष बद्री प्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष गजेन्द्र अधिकारीले स्वागत सँगै अध्यक्षको तर्फबाट तयार पारिएको शुभकामना सन्देशलाई प्रस्तुत गर्नुभएको थियो । संघ दिवसको अवसरमा १७ औं कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण गतिविधिहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको थियो । भने, संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकारले गमलामा पानी सिंचितसँगै पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । 
कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, गोपाल प्रसाद गैरे, परमेश्वर भण्डारी, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका पूर्व अध्यक्षहरु तारादेवी काफ्ले, पार्वती कँडेल, पार्वती सुवेदी कुँबर, चितवन उद्योग संघ रत्ननगर समितिका कार्य वहाक अध्यक्ष शिव खनाल, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरे, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु, वस्तुगत समितिका पदाधिकारी एवम् सदस्यहरु, संघका पूर्व कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, पालिका समितिका पदाधिकारी एवम् सदस्यहरु, चितवन उद्योग संघ महिला उद्यमी मञ्च एवम् युवा उद्यमी मञ्चका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । 
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् सचिवालय विभागका विभागीय प्रमुख प्रमेश्वर भण्डारीले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।