• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

युवा तथा खेलकुद मन्त्री श्रेष्ठद्वारा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको स्थलगतअवलोकन

2024-04-21
खेलकुद मन्त्री माननीय बिराज भक्त श्रेष्ठद्वारा प्रदर्शनीको अवलोकन

युवा तथा खेलकुद मन्त्री श्रेष्ठद्वारा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको स्थलगतअवलोकन

भरतपुर/“औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” को दोश्रो दिन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्री माननीय बिराज भक्त श्रेष्ठले प्रदर्शनीको अवलोकन गर्नुभएको छ । प्रदर्शनीको अवलोकन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजारीकरण र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि आयोजना गरिएको प्रदर्शनी निकै फलदायी रहेको बताउनुभयो । उहाँले प्रदर्शनीका क्रममा स्थानीय तथा घरेलु उद्योगहरुबाट उत्पादित वस्तु र यसको बजारको अवस्थाको बारेमा प्रदर्शनीका प्रदर्शकहरुसँग भेटेर जानकारी लिनुभएको थियो । श्रेष्ठले स्वदेशी उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ र उत्पादन पछिको बजारीकरणलाई ग्यारेन्टी गर्न सकिने हो भने स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न सकिने समेत बताउनुभयो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ । भने प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको छ ।

प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना गरिएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ ।

यसरी अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज पहिलो दिन कुपन नं. १५ प्रथम, कुपन नं. १ दोश्रो र कुपन नं. १० तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिने छ । भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा ७ गतेदेखि प्रदर्शनी शुरु भएको हो ।