• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

मोटरजन्य उद्योगहरुमा प्रयोग हुने Variable Frequency Drive (VFD) मेशिन सम्बन्धि तालिमको शुभारम्भ

2024-05-31
मोटरजन्य उद्योगहरुमा प्रयोग हुने Variable Frequency Drive (VFD) मेशिन सम्बन्धि तालिमको शुभारम्भ

मोटरजन्य उद्योगहरुमा प्रयोग हुने Variable Frequency Drive (VFD) मेशिन सम्बन्धि तालिमको शुभारम्भ
भरतपुर/चितवन उद्योग संघ र बागमती प्रदेश उद्योग परिसंघको संयुक्त आयोजना तथा इन्स्योर परियोजनाको आर्थिक सहयोगमा मोटरजन्य उद्योगहरुमा प्रयोग हुने Variable Frequency Drive (VFD) मेशिन सम्बन्धि तालिमको शुभारम्भ गरिएको छ । 

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तालिमका प्रशिक्षक ई.अनुज कुमार रौनियारले सञ्चालन हुन लागेको तालिम विश्व बजारमा निकै उपयोगी हुने भएकोले यसलाई सोही अनुसार प्रयोगमा ल्याई तालिमलाई सफल पार्नुहुन सम्पूर्ण प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नुभयो । 
कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, गोपाल प्रसाद गैरे, बागमती प्रदेश उद्योग परिसंघका व्यवस्थापक जगन्नाथ लामिछाने, बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइराला, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, पाठशाला अधिकृत कल्पना आचार्य लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको तालिम शुभारम्भ कार्यक्रमलाई सह–आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित उद्घाटन सत्र समापन गर्दै तालिमका प्रशिक्षकलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।